करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु
सारांश
- रौतहटको ईशनाथ नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
- सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय शेख जाफिर घाइते भएका थिए।
- उपचारका क्रममा मृत्यु भएका जाफिरको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ, घटनाको अनुसन्धान भइरहेको छ।
रौतहट । ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आइतबार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, राति पौने ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन्।
घटनाको जानकारी प्राप्त भएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल रामपुरखाप प्रहरी चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। मृतकको शव पोस्टमार्टमका लागि हाल गौर अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। रौतहटमा विद्युतीय करेन्ट लागेर गत आर्थिक वर्षमा २३ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण