बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

खोटाङ दुर्घटना : ६ जना घाइतेलाई काठमाडौँ ल्याइँदै

सिराहाबाट रिजर्भमा लगिएको थियो विङ्गर गाडी
सोमबार, १९ साउन २०८२, १२ : ०३
सोमबार, १९ साउन २०८२

सारांश

  • खोटाङको हलेसीमा भएको दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई काठमाडौँ पठाइएको छ।
  • दुर्घटनामा १७ जना घाइते भएका थिए, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
  • तीर्थयात्री बोकेको गाडी दुर्घटना हुँदा चालक फरार रहेको र उनीहरू हलेसी मन्दिरबाट फर्किंदै थिए।

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँ रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले रिफर गरेपछि ६ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको खोटाङका डीएसपी प्रतिक विष्टले रातोपाटीलाई बताए ।

प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको  डीएसपी विष्टले जानकारी दिए । गाडी चालक फरार छन् ।

सिरहाको नराहबाट तिर्थयात्रीहरु सो गाडी रिजर्भ गरेर हलेसी मन्दिर दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो । ११ जना घाइतेहरूको प्राथमिक स्वास्थ्य चौकी घुर्मीमा उपचार हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप