पर्सामा कटुवा पेस्तोलसहित एक जना पक्राउ
सोमबार, १९ साउन २०८२, १२ : ५९
सारांश
- पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
- प्रहरीले वीरगन्जस्थित ईनर्वागाउँबाट साहेब खाँलाई पक्राउ गरेको हो।
- पक्राउ परेका खाँलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
वीरगन्ज । पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले कटुवा पेस्तोलसहित आज वीरगन्जस्थित ईनर्वागाउँबाट बिन्दावासीनी गाउँपालिका–५ प्रसौनी निवासी साहेब खाँलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताए ।
उनी‘कटुवा पेस्तोलसहित हिँडिरहेको’ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको लम्सालको भनाइ छ ।
पक्राउ परेका खाँलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण