शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

सोमबार, १९ साउन २०८२, १३ : २०
सोमबार, १९ साउन २०८२

सारांश

  • रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै प्रतिनिधिसभा बैठक बहिस्कार गरे।
  • सांसदहरूले छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्ने बताएका थिए।
  • दुवै दलका सांसदहरूले मन्त्रिपरिषद्का सदस्यहरूको छानबिनको समेत माग गरेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।  

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशिम शाहलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए । त्यतिमात्र होइन, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे ।  

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । 

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप