हायु परिवार गाउँ फर्किन तयार, आफ्नै घरमा नजाने
सारांश
- सिन्धुलीका हायु परिवार पोखराबाट गाउँ फर्किन तयार भएका छन्, वडाध्यक्षको प्रयासले यो सम्भव भएको हो।
- घरमा बालबालिका बिरामी भएपछि पोखरा आएका हायु परिवारलाई जनप्रतिनिधिले रोजगारी र आवासको आश्वासन दिए।
- सांसद र वडा कार्यालयले परिवारलाई ऋण तिर्न र दुई सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
पोखरा । साउन ११ गते पोखरा आएका सिन्धुलीका हायु परिवार अन्ततः गाउँ फर्किन तयार भएका छन् । गोलन्जोर गाउँपालिका ६ काका वडाध्यक्षको निरन्तर प्रयासले उनीहरू गाउँ फर्किन तयार भएका हुन् ।
उनीहरूलाई लिन वडाध्यक्ष रविन श्रेष्ठ आफै पोखरा आएका थिए । ‘उहाँहरू जान तयार हुनुभएको छ । लगभग सामान प्याक गरिसक्यौं,’ उनले भने, ‘अब केहीबेरमै निस्किने तयारी छ ।’ गाउँ फर्किन मानेपनि उनीहरूले आफ्नै पुरानो घरमा भने नजाने बताएका छन् ।
‘घरमा जाँदैनौँ भन्नुभएको छ । यहााँबाट लगेर मैले आफ्नै घरमा राख्छु,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिस्तारै कतै आवास व्यवस्था गरेर सार्ने सोचेको छु ।’
हायु परिवार पोखराको गगनगौंडामा छन् । घरमा बालबालिका निरन्तर बिरामी पर्न थालेपछि सिन्धुलीस्थित आफ्नो घर छाडेर उनीहरू पोखरा आएका हुन् । जनप्रतिनिधिहरूले रोजगारी तथा सुरक्षित आवासको आश्वासन दिएपछि १९ जना नै गाउँ फर्किन तयार भएका हुन् ।
सिन्धुलीबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका दुई सदस्यलाई रोजगारीको ग्यारेन्टी गरेका छन् । परिवारले लिएको ऋण तिर्नका लागि पनि वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
साउन ११ गतेदेखि घर छाडेर हिँडेको यो परिवारले पोखरामा भेटिएपछि सुरुमा घर फर्किन मानेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण