नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ इभी
काठमाडौँ । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ । नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबिचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।
यसैबिच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स५ सिरिज नेपाल भित्रिएको छ ।
एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स५ प्रो र जिली ईएक्स५ म्याक्स भित्राएर नेपाली उपभोक्ताको पहुँच सुनिश्चित गरेको हो ।
नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको दाबी गरिएको छ । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।
यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिने कम्पनीको भनाइ छ।
गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो । साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा २ लाख किमिसम्म वारेण्टि समेत दिएको जनाएको छ ।
यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राने दाबी गरिएको छ ।
यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ ।
जिली ईएमएएक्५ श्रृखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् ।
आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।
ईएमएएक्स५मा थप रूपमा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको व्यवस्था छ ।
यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारका लागि ईएमएएक्स५ प्रोको मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ईएमएएक्स५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । तथापी, नेपाली उपाभोक्ताको अवस्था र रुचीलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केहि विशेष लाभ प्रदान गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण