यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाऔँ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनुपर्ने बताएका छन् ।
काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनका बारेमा सोमबार ललितपुरमा जाईकाले गरेको अध्ययन सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नुपर्नेमा जोड दिए । छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुसरण गर्नुपर्ने मन्त्री दाहालको भनाई छ ।
अब परम्परागत रूपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रूपान्तरणलाई उपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई समेत बढाउनु आवश्यक रहेको बताए ।
मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जाईका तथा दातृनिकायहरुले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण