एयर इन्डियाको विमानमा साङ्ला देखिएपछि...
काठमाडौँ । सान फ्रान्सिस्कोबाट मुम्बई आउँदै गरेको एयर इन्डियाको उडान एआई १८० मा अचानक साङ्ला देखिएपछि विमानभित्र त्रास फैलिएको छ ।
विमानभित्र साङ्ला देखिएपछि यात्रुहरूले चालक दललाई जानकारी गराएका थिए । यात्रुहरूले उडानमा साङ्ला देख्दा यो गन्तव्य मुम्बई पुगेको थिएन ।
विमान सान फ्रान्सिस्कोबाट कोलकाता भएर मुम्बई जाँदै थियो । एयर इन्डियाले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै एक विज्ञप्ति जारी गरेको छ ।
कोलकातामा इन्धन भर्ने क्रममा विमानको सरसफाइ गरियो । यात्रुहरूलाई कुनै पनि असुविधा नहोस् भनेर एउटै क्याबिनमा अन्य सिटहरूमा बस्न लगाइएको थियो ।
‘जब उडान कोलकातामा इन्धन भर्नको लागि रोकियो, ग्राउन्ड क्रूले यसको भित्रसम्म सफाइ गरे । उडान निर्धारित समयमा मुम्बईको लागि प्रस्थान गर्यो,’ विज्ञप्तिमा एयर इन्डियाले भनेको छ ।
‘यात्रुहरूलाई भएको असुविधाको लागि हामी माफी चाहन्छौँ । दैनिक सफाइ गर्दा पनि कहिलेकाहीँ किरा विमानभित्र प्रवेश गर्छन् । साङ्लो कसरी विमानभित्र पस्यो ? भन्नेबारे अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण