अदालतकाे आदेश
राजावादी प्रदर्शनमा संलग्न थप ३ जनालाई ५०/५० हजार धरौटीमा छाड्न आदेश
सोमबार, १९ साउन २०८२, १९ : ३५
काठमाडौं । तीनकुनेमा गत चैत १५ मा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप ३ जनालाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंसँगै पूर्पक्षमा जेल चलान भएका ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी मागेको हो । यस्तै दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण