काठमाडौँ । चन्द्रागिरि डाँडामा रहेको प्रसिद्ध मन्दिर भालेश्वर महादेव मन्दिरमा सोमबार विशेष आरती गरिएको छ ।
_aSLgCygXqY.jpg)
शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ । यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ |
_UliULUrNdP.jpg)
देवाधिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनहरूले शिवको विशेष पूजा आराधना गरेका छन् । विशेष गरी वैदिक सनातन हिन्दु धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् ।
साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने गरेका छन् ।
_n6JZrZlBEC.jpg)
_FPfDJE8DR6.jpg)
_sLHQEGnmNa.jpg)
_42q8b235JB.jpg)
_Tnn2mApO6a.jpg)
_6dTFL1yyrl.jpg)
_wRswFJtHFR.jpg)
_SfyTlbgS6H.jpg)
_0oRP27XEul.jpg)
_FDVOiwXhBz.jpg)
_RU6905zK2u.jpg)
_or3NRSpe7J.jpg)
_pHNVTeimfo.jpg)
_R6DnXnBYa6.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया