एमाले नेता युवा साह जनमतमा प्रवेश
मङ्गलबार, २० साउन २०८२, ११ : ५७
सारांश
- नेकपा एमालेका नेता भूपेन्द्र साह जनमत पार्टीमा प्रवेश गरेका छन्।
- पर्साका मधेस आन्दोलनका अगुवा जगदीश पटेल र युवा व्यवसायी जटा शंकर पटेल पनि जनमत पार्टीमा प्रवेश गरे।
- डा. सीके राउतले खादा र टीका लगाएर उनीहरूलाई पार्टीमा स्वागत गरे।
काठमाडौँ । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायी महासङ्घ पर्साका अध्यक्ष भूपेन्द्र साह जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत साह पार्टी प्रवेश गरेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ बताए । त्यस्तै पर्साकै मधेस आन्दोलनका अगुवा नेता जगदीश पटेल, र युवा व्यवसायी जटा शंकर पटेलले पनि जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।
उनीहरूलाई पार्टीका अध्यक्ष डा.सिके राउतले खादा र टीका लगाएर पार्टीमा प्रवेश गराएका छन् । जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष सरार्फले पार्टीप्रति युवाको आकर्षण बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण