भिजिट भिसा प्रकरण राज्य सत्ताको संरक्षणमा लुकाइएको कर्तुत हो : रास्वपा
सारांश
- सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणमा भएको भ्रष्टाचारलाई व्यक्तिगत गल्ती नभएको बताए।
- उनले युवाहरूको भविष्य ध्वस्त पार्ने र राष्ट्रको प्रतिष्ठामा धब्बा लगाउने काम भएको बताए।
- श्रेष्ठले छानबिन समिति टालटुले भएको र यसको जरा गहिरो रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटि मात्रै नभएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै श्रेष्ठले नेपाली युवाहरू भविष्यको कर्णधार भएको र रोजगारी र शिक्षाको खोजीमा आशाको दियो लिएर अवसरका लागि बिदेसिन बाध्य भएको बताए ।
उनले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार युवाहरूको भविष्यलाई ध्वस्त पार्दै राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने काम भएको बताए । उनले भने, ‘नेपाली युवाहरू जो भविष्यका कर्णधार हुन् । रोजगारी र शिक्षाको खोजीमा आशाको दियो लिएर अवसरका लागि बिदेसिन बाध्य छन् । त्यही आशालाई ध्वस्त पार्दै र राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने कार्य भएको छ । भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार । यो केबल व्यक्तिगत भुल र प्रशासनिक त्रुटि होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनाबद्ध, दलाल संरचनाको कर्तुत हो । यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न आज प्रत्येक नेपालीको मनमा छ ।’
सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे बनेको छानबिन समिति टालटुले समिति भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण