सिद्धार्थ राजमार्ग २० घण्टादेखि अवरुद्ध, सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरू पास गराउन माग
सारांश
- नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धबाबा खण्डमा पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको जानकारी गराए।
- सडक अवरुद्ध हुँदा यात्रु र मालवाहक गाडीको आवागमन प्रभावित भएको छ, साथै स्थानीय जनजीवनमा असर परेको छ।
- सांसद गैरेले सिद्धार्थ राजमार्गको अवरोध हटाउन र साना गाडीलाई सुरुङ मार्गबाट पास गराउन माग गरे।
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठुलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको जानकारी गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले सडक अवरुद्ध हुँदा यात्रुहरूको आवागमन प्रभावित हुनुका साथै मालवाहक गाडीहरू समेत चल्न नसकेको बताएका हुन् ।
सांसद गैरेले भने,‘पश्चिम पाल्पाको जुठापैवामा पनि बाटो भासिएर स्थानीय जनजीवन प्रभावित बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ–राम्दी खण्डसहित ग्रामीण सडकहरू समेत पहिरोले बन्द भएका छन् । विद्यार्थीले पढ्न पाइरहेका छैनन् भने स्थानीयको आवतजावत बन्द छ । सिद्धार्थ राजमार्ग भएर पर्वत, अर्घाखाँचीसम्म पुग्ने नागरिकले समस्या भोग्नुपरेको छ ।’
सांसद गैरेले सिद्धार्थ राजमार्गमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग माग गरे । सम्भव भएसम्म सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरू पास गराउन उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण