‘भाडाका सैनिक’ भन्ने जेलेन्स्कीको दाबीपछि पाकिस्तानले दियो यस्तो प्रतिक्रिया
इस्लामावाद । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुस–युक्रेन युद्धमा पाकिस्तानी र चिनियाँ भाडाका सैनिकहरू सामेल भएका दाबी गरेका थिए ।
उनको यस दाबीमा पाकिस्तानले जवाफ दिएको छ । पाकिस्तानले भनेको छ, ‘पाकिस्तानी नागरिकहरू युक्रेनको द्वन्द्वमा संलग्न भएको आधारहीन आरोपलाई पाकिस्तान सरकार अस्वीकार गर्दछ । युक्रेनी अधिकारीहरूले आजसम्म यस विषयमा औपचारिक रूपमा सम्पर्क गरेका छैनन् न त कुनै प्रमाण नै प्रस्तुत गरेका छन् ।’
यो विषय युक्रेनी अधिकारीहरूसँग उठाउने र स्पष्टीकरण माग्ने पाकिस्तानले बताएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा ‘भोभचान्स्क क्षेत्रमा रहेका हाम्रा योद्धाहरूले चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशहरूका भाडाका सैनिकहरूको युद्धमा संलग्नताको रिपोर्ट गरिरहेका छन् । हामी यसको जवाफ दिनेछौं,’ लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण