ग्रेलिस्टबाट बाहिर निस्कन संगठित रूपमै सघन प्रयास गरिरहेका छौँ ः अर्थमन्त्री पौडेल
सारांश
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न प्रयास भइरहेको बताए।
- सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन र अन्तर्राष्ट्रिय सुझाव कार्यान्वयनमा जोड दिइएको छ।
- नियामावली जारी र कार्ययोजनामार्फत सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा लगानी निवारण गरिनेछ।
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सरकारले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निस्कन संगठित रूपमै सघन प्रयास गरिरहेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले ग्रेलिस्टबाट बाहिरिनका लागि विद्यमान दर्जनौँ कानुनलाई सुधार्नेदेखि अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका सुझावहरूलाई कार्यान्वयनमा लगिएको बताएका हुन् ।
उनकाअनुसार सम्पत्ति शुद्धीकरण तथा व्यवसायी वातावरण प्रवर्द्धनसँग सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको कानुनले विभिन्न १९ ओटा विद्यमान ऐनहरूलाई संशोधन गरेको छ । ग्रेलिस्टबाट बाहिर मुलुकलाई छिटो ल्याउनकै लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमावली जारी गरि कार्यान्वयनमा आएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी वित्तीय रणनीति तथा कार्ययोजना २०८१/८२ देखि २०८५/८६ सम्म कार्यान्वयनमा रहेको छ ।
अर्थमन्त्री पौडेलले भने–‘शीघ्र देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिन प्रभावकारी कार्यान्वयन योजना सुनिश्चित गरी निर्देशक समितिले ग्रेलिस्टबाट बाहिरिन शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ कार्यान्वयनमा ल्याएको छ । एसिया प्यासिफिक ग्रुप एपिजीबाट प्राप्त रि रेटिङको रिपोर्टिङ ढाँचालाई प्रतिवेदन गरि फाइनान्सियल इन्टिलिजेनस युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने वस्तु व्यवसायी सूचक संस्थालाई जारी गरिएको निर्देशन २०८२ कार्यान्वयनमा ल्याइएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धमा क्यासिनो व्यवसायी सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको छ ।’
अर्थमन्त्री पौडेलका अनुसार मुलुकलाई ग्रेलिस्टबाट बाहिर ल्याउनकै लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धमा घरजग्गा सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण कानुनले गठन गरेको गठन समिति र त्यसका अतिरिक्त रणनीति तथा कार्ययोजना अवधिभरका लागि चारओटा कार्यान्वयन संयन्त्र गठन गरि समन्वयदेखि अनुगमनका कार्य भइरहेको छ । उनले नेपाल संगठित र सघन प्रयासले निर्धारित समयअघावै ग्रेलिस्टबाट बाहिर निस्कने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण