चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
सारांश
- चीनमा लामखुट्टेको टोकाइबाट हुने चिकुनगुनिया संक्रमितको संख्या ७ हजार नाघ्यो।
- गुवाङदोङ प्रान्तमा संक्रमितको संख्या बढेपछि स्थानीय सरकारले कोभिड-१९ जस्तै उपाय अपनाउन आग्रह गरेको छ।
- फोसान सहर सबैभन्दा बढी प्रभावित भएको छ, र संक्रमितहरूलाई अस्पतालमा राखेर उपचार भइरहेको छ।
बेइजिङ । चीनमा चिकुनगुनिया संक्रमितको संख्या सात हजार नाघेको छ । गुवाङदोङ प्रान्तमा जुलाईयता लामखुट्टेले टोकेर हुने यो रोगका सात हजारभन्दा धेरै बिरामी भेटिएका हुन् ।
संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा अपनाइएका जस्तै उपाय पालना गर्न आग्रह गरेको छ । अस्पतालमा झुल हालेर बिरामीहरुलाई राखिएको छ ।
चिकुनगुनिया संक्रमणबाट सबैभन्दा बढी फोसान सहर प्रभावित भएको छ । फोसानबाहेक गुवाङदोङका कम्तीमा अरु १२ सहरमा पनि संक्रमित भेटिएका छन् । गत हप्ता मात्रै संक्रमितको संख्या तीन हजारले बढेको थियो ।
परीक्षणको नतिजा नकारात्मक आएपछि मात्रै बिरामीलाई अस्पतालबाट घर जान दिइन्छ । केहीलाई भने एक हप्तासम्म अस्पतालमा राख्नुपरेको छ ।
चिकुनगुनिया संक्रमित लामखुट्टेले टोकेर फैलिन्छ । यसबाट संक्रमित भएका व्यक्तिलाई ज्वरो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ । यीमध्ये केही लक्षण त वर्षौंसम्म पनि रहन्छ । चीनमा चिकुनगुनियाको प्रकोप कमै देखिन्छ । यसको संक्रमण खासगरी दक्षिण र दक्षिणपूर्वी एसिया र अफ्रिकाका केही हिस्सामा बढी पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण