विधेयक ऐन बनेर हाम्रो हात–हातमा नआउँदासम्म राख्नु हुँदैन भनेर लागिरहन्छु : मुख्यसचिव अर्याल
काठमाडौँ । मुख्यसचिव एक नारायण अर्यालले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐन बनेर कर्मचारीको हात–हातमा नआउँदासम्म ‘कुलिङ अफ पिरियड’ राख्न हुँदैन भनेर लागिरहने बताएका छन् ।
सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई दिएको बयानमा मुख्यसचिव अर्यालले ऐन नबन्दासम्म आफू कुलिङ अफ पिरियड राख्न हुँदैन भनेर लागिरहने बताएका हुन् ।
उनले विधेयकमा यो प्रावधान नराख्न विभिन्न व्यक्तिहरूलाई भेटेको पनि बयानका क्रममा स्वीकारेका छन् । प्रतिनिधिसभामा आज प्रस्तुत समितिको प्रतिवेदनमा राखिएको उनको बयानमा लेखिएको छ, ‘यो विधेयक ऐन नबनेसम्म राज्य हुँदैन भनेर लागिरहन्छु । प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र पुष्प कमल दाहाल “प्रचण्ड” समेत समक्ष कुलिङ अफ पिरियड राख्नु हुँदैन भन्ने माग राखेकै हो ।’
कुलिङ पिरियड राख्ने त्रुटि सच्याउनु पर्ने उनले बताएका छन् । कर्मचारीहरूप्रति विश्वास नगरी विश्वासको खोजीतिर लाग्दा समस्या आएको अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण