बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा चुनाव गराउने सङ्केत
मङ्गलबार, २० साउन २०८२, २३ : २०
सारांश
- बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरी २०२६ भित्र निर्वाचन गर्ने संकेत दिएका छन्।
- उनले मुख्य चुनाव आयुक्तलाई रमजान अगावै चुनाव गराउन आग्रह गर्ने बताएका हुन्।
- यो सम्बोधन शेख हसीनाको सरकारले सत्ता छोडेको एक वर्ष पूरा भएको अवसरमा आएको हो।
काठमाडौँ। बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले देशमा आगामी निर्वाचन फेब्रुअरी २०२६ भित्र गराउने सङ्केत दिएका छन्।
मंगलबार राष्ट्रका नाम सम्बोधन गर्दै उनले मुख्य चुनाव आयुक्तलाई पत्र लेखी रमजान अगावै अर्थात् फेब्रुअरी महिनाभित्र चुनाव गराउन आग्रह गर्ने बताएका हुन्।
उनको सम्बोधन शेख हसीनाको सरकारले सत्ता छोडेको एक वर्ष पूरा भएको अवसरमा आएको हो। ५ अगस्ट २०२४ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
सरकार परिवर्तनको एक वर्ष पुरा भएको अवसरमा बङ्गलादेशभर हजारौँ नागरिक जुलुसमा सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण