सेवाग्राहीको चापपछि कास्कीमा राष्ट्रिय परिचयपत्र सेवा समय बढाइयो
सारांश
- कास्की जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र सेवाको समय विस्तार गरेको छ।
- सामाजिक सुरक्षा भत्ताका लागि योग्य व्यक्तिहरूले बिहान ८ बजेदेखि सेवा पाउनेछन्।
- अन्य सेवाग्राहीका लागि भने सेवा बिहान १० बजेदेखि सुरु हुनेछ।
कास्की । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सेवा समय विस्तार गरेको छ ।
प्रशासनले यही साउन २२ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरूले सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा बिहान ८ः०० बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाएको छ ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको दैनिक भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन गरिएको हो । परिचयपत्र सेवाका लागि एकैपटक ठुलो सङ्ख्यामा सेवाग्राहीहरू कार्यालयमा उपस्थित हुँदा कार्यालयमा चाप परेकाले सहज ढङ्गबाट सेवा प्रवाहका र सुविधाका लागि समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।
उनका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण हुन योग्य सेवाग्राहीका लागि यसबाट सहयोग पुग्नेछ । सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू र अशक्त सेवाग्राहीको समेत चाप रहेको प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण