शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

बुधबार, २१ साउन २०८२, ०५ : ०२
बुधबार, २१ साउन २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल साउन २१ गतेको बार, तिथि, नक्षत्र, योग र करणसहितको जानकारी दिइएको छ।
  • काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय तथा दिनमानबारे जानकारी दिइएको छ।
  • मेष देखि मीन राशिसम्मका व्यक्तिहरूको लागि आजको राशिफलको संक्षिप्त विवरण दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल साउन २१ गते । बुधबार । ईश्वी सन् २०२५ अगस्ट ६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–द्धादशी, १८ घडी ६ पला, मध्यान्ह १२ बजेर ४४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– मूल, १८ घडी १६ पला, मध्यान्ह १२ बजेर ४८ मिनेट उप्रान्त पूर्वाषाढा । योग–वैधृति, ६ घडी २९ पला, बिहान ८ बजेर ६ मिनेट उप्रान्त विष्कुम्भ । करण–बालव, मध्यान्ह १२ बजेर ४४ मिनेट उप्रान्त कौलव, रातको १ बजेर १० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । प्रदोष व्रत ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १४ पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर ३० मिनेटसम्म लाभ बेला ।

बिहान ५ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर १० मिनेटसम्म अमृत बेला ।

बिहान ७ बजेर ११ मिनेटदेखि बिहान ८ बजेर ४९ मिनेटसम्म काल बेला ।

बिहान ८ बजेर ५० मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म शुभ बेला ।

बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म रोग बेला ।

मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ४८ मिनेटसम्म उद्धेग बेला ।

दिउसो १ बजेर ४९ मिनेटदेखि दिउसो ३ बजेर २८ मिनेटसम्म चर बेला ।

दिउसो ३  बजेर २९ मिनेटदेखि बेलुकी ५ बजेर ८ मिनेटसम्म लाभ बेला ।

बेलुकी ५ बजेर ९ मिनेटदेखि बेलुकी ८ बजेर ८ मिनेटसम्म उद्धेग बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो १२ बजेर ८ मिनेटदेखि दिउसो १ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ५४ मिनेटदेखि बिहान ४ बजेर ४२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार तथा सेयर बजारमा लगानी गर्ने समय रहेको छ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि पर्यन्त गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक सम्पत्ति तथा ब्राण्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी  गर्ने समय रहेको छ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ। नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केहि भए स्वतः ठिक हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी बिस्तार गरी भविष्यमा मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा प्रशस्त फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ । खेलकुद वा पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारमा लगानी गर्ने समय रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ सेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र स्थानमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । वित्तीय क्षेत्रमा लगानीको लागी केही समय कुर्नु होला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने वा यात्रा गर्दा असजिलो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार वा सेयर बजारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भै परि आउने समस्याहरू सहजै समाधान हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा  सेयर बजारमा लगानी गर्ने समय रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप