बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वादोरियो कराते टोली श्रीलङ्का जाने

बुधबार, २१ साउन २०८२, १० : १९
बुधबार, २१ साउन २०८२

सारांश

  • नेपालको वादोरियो कराते टोली श्रीलंकामा हुने पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाँदै छ।
  • प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।
  • टोलीलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र अन्य नेताहरूले बिदाइ गरे।

काठमाडौँ। पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ ।अगस्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । 

पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन् ।

प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो सङ्घका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् । टोलीलाई पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व मन्त्री शक्ति बस्नेतलगायतले खुमल्टारमा मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे । 

अध्यक्ष दाहालले वादोरियो करातेले विगत जस्तै यो प्रतियोगितामा पनि पदक जित्ने विश्वास व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए ।  सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप