मण्डलामा ‘फार अवे’को मञ्चन सुरु
बुधबार, २१ साउन २०८२, १० : २३
सारांश
- काठमाडौंमा 'फार अवे' नाटकको मञ्चन सुरु भएको छ, जसमा प्रेम, डर र आत्म-नियन्त्रणका विषयवस्तुहरू छन्।
- केरिल चर्चिलको नाटक राजकुमार पुडासैनीको निर्देशनमा तयार भएको हो, जसमा रिशु राउत, रुजा राउत र अनिश बिमलीको अभिनय रहेको छ।
- नाटक साउन २५ गतेसम्म मण्डला थियटरमा साँझ ५:३० बजे प्रदर्शन हुनेछ।
काठमाडौँ । प्रेम, भय र आत्मा नियन्त्रणको विषय गहन ढङ्गबाट समेटिएको नाटक ‘फार अवे’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थियटरमा मंगलबार नाटकको नियमित मञ्चन सुरु भएको हो ।
ब्रिटिस नाटककार केरिल चर्चिलद्वारा लिखित नाटक राजकुमार पुडासैनीको निर्देशनमा तयार पारिएको हो । अङ्ग्रेजी भाषामा मञ्चन गरिएको नाटकमा रिशु राउत, रुजा राउत र अनिश बिमलीको अभिनय देख्न सकिन्छ ।
प्रकाश संयोजन, संवाद शैली र मौनताले नाटकलाई एक फरक र गहिरो अनुभूति दिने गरेर तयार गरिएको मण्डलाले जनाएको छ । नाटक साउन २५ गतेसम्म हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण