कटुवा पेस्तोलसहित तीन भारतीय युवक प्रहरीको नियन्त्रणमा
बुधबार, २१ साउन २०८२, १० : ५१
सारांश
- प्रहरीले सिरहामा कटुवा पेस्तोलसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भारत विहारका नागरिकहरू छन्, जसलाई नरहा गाउँपालिकाबाट पक्राउ गरिएको हो।
- प्रहरीले उनीहरूको साथबाट पेस्तोल बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
सिरहा । प्रहरीले कटुवा पेस्तोलसहित तीन जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । सिरहाको चोहर्वा सिराहा सडक अन्तर्गत नरहा गाउँपालिका ३ हिमालय सुगर मिल अगाडीबाट मंगलबार अपराह्न उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्ला वेल्हीपूर्वी ३ कमलावारी छरापट्टीका २० वर्षीय आकाश यादव, सोही उमेरका ओमशंकर यादव र ऋषि नाथलाई कटुवा पेस्तोल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले तीन जना सवार भारतीय मोटरसाइकल रोकेर चेक जाँच गर्दा उनीहरूको साथबाट पेस्तोल बरामद भएको जनाएको छ । उनीहरूले के प्रायोजनको लागि हतियार बोकेर हिँडेको भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण