भृकुटीमण्डपमा तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बन्छ : अर्थमन्त्री पौडेल
सारांश
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले तीन वर्षभित्र भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी हल बनाउने प्रतिबद्धता जनाए।
- उनले निजी क्षेत्रलाई नीतिगत स्थिरताको प्रत्याभूति दिँदै गुणस्तरीय सडक सञ्जाललाई प्राथमिकता दिने बताए।
- मन्त्री पौडेलले प्रदर्शनी आयोजनामा निजी क्षेत्रले भोग्नुपरेका कठिनाइ बुझेको र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी तीन वर्षभित्र काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बुधबार आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् ।
मन्त्री पौडेलले हाल प्रदर्शनी आयोजना गर्दा निजी क्षेत्रले भोग्नुपरेको कठिनाइ सरकारले बुझेको बताए । ‘एउटा इभेन्ट्स आयोजना गर्नका निम्ति आयोजक संस्थालाई पसिना पुछ्ने स्थिति आउँछ,’ उनले भने, ‘यो हैरानीको अन्त्य गर्न सरकारले चालू आर्थिक वर्षको बजेटमा भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउने कुरालाई उच्च महत्वका साथ समावेश गरेको छ।’
उनले ढिलोमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढिसकेको जानकारी दिए। ‘सके दुई वर्षभित्र, नभए पनि तीन वर्षभित्र यो भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भइसक्नेछ,’ मन्त्री पौडेलले भने
सरकारले पूर्वाधार विकास, विशेषगरी गुणस्तरीय सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रलाई नीतिगत स्थिरताको पूर्ण प्रत्याभूति दिने समेत उनले बताए।
अर्थमन्त्री पौडेलले अटो मोबाइल क्षेत्रको विकासका लागि गुणस्तरीय सडक पूर्वाधार अनिवार्य रहेको बताए। सरकारले पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस वे का रूपमा स्तरोन्नति गर्ने, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गको निर्माणलाई तीव्रता दिएको उल्लेख गरे। उनले भने, ‘अब हामी धूलो र हिलो रहित सहरको परिकल्पना मात्रै गरिरहेका छैनौँ, त्यसलाई व्यवहारिक रूपमा सार्थक तुल्याउँदैछौँ।’
नीतिगत स्थिरतामा निजी क्षेत्रलाई आश्वासन
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले उठाएको नीतिगत स्थिरताको सवालमा सरकार सचेत रहेको बताए। ‘नीतिगत अस्थिरताले गर्दा व्यवसायमा, उद्योगमा कुन प्रकारको प्रतिकुलता सिर्जना हुन्छ भन्ने कुरा सरकारलाई थाहा थियो,’ उनले भने, ‘त्यसैले सकेसम्म स्थिरताको पक्षमा ध्यान दिनुपर्छ भन्ने सोचका साथ बजेट निर्माण गरिएको छ।’
उनले बजेट निर्माणमा जस्तै बजेट कार्यान्वयनमा पनि निजी क्षेत्रको सक्रिय सहभागिता र साझेदारीका लागि आग्रह गरे नाइमाले आफ्नो स्थापनाको छोटो समयमै महत्त्वपूर्ण प्रदर्शनी आयोजना गरेर आफ्नो औचित्य पुष्टि गरेको भन्दै उनले प्रशंसा गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण