ग्यालेक्सी बड्स र वाचहरुमा ३२% सम्मको छुट
सारांश
- Samsung Nepal ले नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष अफर सार्वजनिक गरेको छ।
- अफर अन्तर्गत, ग्यालेक्सी वाच र बड्समा ३२% सम्मको छुट पाइनेछ।
- ग्राहकहरूले ०% ब्याजदरमा इएमआई योजनाबाट नयाँ डिभाइस लिन नागरिकता प्रमाणपत्र पेश गर्नुपर्नेछ।
काठमाडौँ । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।
सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, ग्यालेक्सी वाच र बड्समा विशेष ३२% सम्मको छुट प्राप्त गर्न सकिनेछ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। यसका लागि केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।
यो विशेष मल्टी-बाइ अफर लिनका लागि यी सजिला स्टेपहरू पुरा गर्नुहोस्:
- स्टेप १: वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस्
- स्टेप २: तपाईंको नजिकको रिटेलर छान्नुहोस्
- स्टेप ३: दर्ता गरी रु. २,००० को अग्रिम रकम अनलाइन भुक्तानी गर्नुहोस्
- स्टेप ४: प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्नुहोस्
- स्टेप ५: ७ दिनभित्र ओटिपी सहित रिटेलरमा जानुहोस्


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण