रुपन्देही–३ उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपामा पाँच जनाको आवेदन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्दैछ।
- उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले पार्टीको मापदण्ड र निर्वाचन आयोगको योग्यता पूरा गर्नुपर्नेछ।
- अहिलेसम्म ५ जनाले आवेदन दिएका छन् र शुक्रबारको केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे रुपन्देही–३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाकाे काम आज ५ बजे सकिँदैछ । कात्तिक १७ गते हुने निर्वाचनका लागि रास्वपाले आधिकारिक उम्मेदवार छनोट मापदण्ड अनुमोदन गरी साउन ७ गतेबाट लागू हुनेगरी खुला आह्वान गरिएको थियो ।
आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई सोही दिन बिहान १० बजेदेखि आज अपरान्ह ५ बजेसम्मको समय सीमा तोकेको थियो । मंगलबारसम्म जम्मा ५ जनाको आवेदन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए । दरखास्त दिने समय बाँकी नै रहेकाले बेलुकासम्म थपिन सकिने झाले बताए । यस विषयमा शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने उनले स्पष्ट पारे ।
‘उम्मेदवार छनोटको विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । आज बेलुका सम्म आवेदनको समय सीमा रहेकाले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्छ । हिजोसम्म पाँच जनाले दरखास्त दिएको जानकारी आएको छ । को–कोले दिए थाहा छैन’, उनले भने ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि अहिले भैरहवा जेलमै रहेका, रुपन्देही– ३ मा हुने उपनिर्वाचनको तयारी प्रभावकारी बनाउने उद्देश्यले रास्वपाको साउन १४ गते भैरहवामा संसदीय दलको बैठक बसेको थियो । हिजो बसेको सचिवालय बैठकले पनि यस विषयमा छलफल भएको प्रवक्ता झाले बताए । बैठकको निर्णय साँझसम्म सार्वजनिक गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण