अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासनमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्छ : सञ्चारमन्त्री
बुधबार, २१ साउन २०८२, १७ : २२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै संसद्ले नै पास गरेर कानुन बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताएका हुन् ।
नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको उनले बताए । मन्त्री गुरुङले केहि नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयको भएको जिकिर गरे ।
सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण