एसियाली बक्सिङ च्याम्पियनसिप : कांस्यमा सीमित भए अर्पिल
काठमाडौँ । एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिबार कांस्य पदकमा सीमित भएका छन् ।
पुरुष ५० केजी तौल समूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केबाज सोदाई कोटोसँग ५–० ले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहिमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए ।
नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए । उनले भने, ‘जापानका खेलाडी आफ्नो तौल समूहका स्वर्णका प्रबल दाबेदार हुन् । बलियो प्रतिद्वन्द्वीसँग अर्पिलले राम्रो खेलेका हुन् ।’
महासचिव भण्डारीले थपे, ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण