दलितमाथि थोपरिएको उत्पीडन राष्ट्रको समस्या हो : सीपी गजुरेल
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले दलितमाथि थोपरिएको उत्पीडन र विभेदलाई केवल दलित समुदायको समस्या नभई राष्ट्रकै समस्या भएको बताएका छन् ।
क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालद्वारा काठमाडौँको न्युरोड पिपलबोटमा आयोजित ‘जागरण जनयात्रा : उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकार प्राप्तिको सङ्कल्प’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
गजुरेलले जागरण जनयात्रा अभियानलाई दलित समुदायभित्र मात्र सीमित नराखी सारा नेपाली माझ पुर्याउनुपर्नेमा जोड दिँदै, “मान्छेलाई छुनै नहुने प्रथा र परम्पराले दलितमाथि ठुलो अन्याय भएको छ,” उनले भने ।
उनका अनुसार उत्पादनका साधन, विशेष गरी जमिनमाथि दलित समुदायको स्वामित्व अत्यन्त न्यून छ, जसका कारण दलितहरूको जीवनस्तर सुधार हुन नसकेको हो ।
“दलित समुदायका ९० प्रतिशतसँग जीवन निर्वाह गर्न पर्याप्त जमिन छैन,” गजुरेलले तथ्य प्रस्तुत गर्दै भने, “विशेषाधिकार भनेको केवल समावेशीको प्रश्न होइन, यो क्षतिपूर्ति स्वरूप थप अधिकारको ग्यारेन्टी हो।”
संविधान २०७२ निर्माणको प्रक्रियामा दलित अधिकारका सवालमा गम्भीर छलछाम भएको आरोप लगाउँदै गजुरेलले दलित समुदायको अधिकार सुनिश्चितताका लागि ठोस राजनीतिक सङ्घर्ष आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार जातीय विभेद अन्त्य नगरी समानतामूलक समाज निर्माण सम्भव छैन र त्यसका लागि जागरण अभियानले निर्णायक भूमिका खेल्न सक्छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका गजुरेलले क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको झण्डा फहराएर अभियानको औपचारिक सुरुवात गरेका छन् ।
कार्यक्रममा दलित र उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेकोमा गजुरेलले जोड दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण