नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन १५ हजारले गरे अवलोकन
सारांश
- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को पहिलो दिन १५ हजार दर्शकले अवलोकन गरे।
- उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्स्पोको उद्घाटन गरे।
- एक्स्पोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को पहिलो दिन १५ हजारले अवलोकन गरेका छन्।
उप प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेसँगै बुधबार (आज) बाट सुरू भएको एक्स्पोमा १५ हजारले अवलोकन गरेको नाइमाले जनाएको छ।
नाइमा एक्स्पो समितिका प्रमुख शिरिष कुमार मुरारकाले पाँच दिनसम्म चल्ने एक्स्पोको पहिलो दिन उत्साहपूर्ण सहभागिता भएको बताए।
उनले पहिलो दिनै १५ हजार अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको मुरारकाले जानकारी दिए। नाइमाले पाँच दिनसम्म चल्ने एक्स्पोमा ८० हजार अवलोकनकर्तले अवलोकन गर्ने अपेक्षा गरेको छ। एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल भए पनि बीवाईडीको सिंगल, महिन्द्राका दुईवटा ईभी बीई–६, ओमोड एण्ड जेको जे–५ लगायतका स्टलमा अवलोकनकर्ताको भीड लागेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण