फलामले लागेर क्रेन अपरेटरको मृत्यु
बिहीबार, २२ साउन २०८२, ०८ : ३२
सारांश
- बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा क्रेन अपरेटरको फलामले लागेर मृत्यु भएको छ।
- भारतका ५३ वर्षीय रामभवन यादवको क्रेनले फलाम उठाउने क्रममा टाउकोमा लागेर मृत्यु भयो।
- घाइते यादवको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।
क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।
फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र हैटीबिचको खेल सुरु, दुबै टोली पहिलो जितको खोजीमा
-
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण