युनाइटेड एयरलाइन्सले एक्कासि रोक्यो कयौँ उडान, हजारौँ यात्रु अलपत्र
सारांश
- युनाइटेड एयरलाइन्सका उडानहरू प्राविधिक गडबडीका कारण बुधबार रोकिए, हजारौं यात्रु अलपत्र परे।
- कम्पनीले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै गन्तव्यमा पुर्याउन पहल गर्ने जनाएको छ।
- एफएएले युनाइटेडका उडानहरू रोक्न आदेश दिएको छ, डेनभर, नेवार्क, ह्युस्टन र शिकागो जस्ता विमानस्थल प्रभावित।
लस एन्जलस । अमेरिकी विमान सेवा प्रदायक कम्पनी युनाइटेड एयरलाइन्सका धेरै उडानहरू बुधबार अचानक रोकिए । यसले गर्दा हजारौँ यात्रुहरू अलपत्र परे । प्राविधिक गडबडीका कारण यो कदम चालिएको कम्पनीले बताएको छ ।
प्राविधिक समस्याका कारण मुख्य उडानको डिपार्चर विमानस्थलमै रोकिदिएको कम्पनीले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ । अन्य उडानमा पनि ढिलाइ हुन सक्ने कम्पनीको भनाइ थियो । यात्रुहरूको सुरक्षा आफ्नो सबैभन्दा ठुलो प्राथमिकता भएको र उनीहरूलाई सुरक्षित रूपमा उनीहरूको गन्तव्यमा पुर्याउन सक्दो प्रयास गर्ने पनि विज्ञप्तिमा बताइएको थियो ।
अमेरिकाको सङ्घीय उड्डयन निकाय एफएएले पनि युनाइटेडका उडानहरू रोक्न आदेश दिएको छ । यो प्रतिबन्ध डेनभर, नेवार्क, ह्युस्टन र शिकागो जस्ता प्रमुख विमानस्थलहरूमा लागू गरिएको छ ।
अमेरिकाको उड्डयन सेवामा समस्या आएको यो पहिलो पटक होइन । गत महिना, प्राविधिक गडबडीका कारण अलास्का एयरलाइन्सको उडानहरू घण्टौँसम्म रोकिएको थियो । यस वर्ष नेवार्क विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण प्रणाली धेरै पटक असफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण