सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मोर्चा र सहकार्य हुँदै एकीकृत समाजवादीसँग एकता

बिहीबार, २२ साउन २०८२, १० : ०७
बिहीबार, २२ साउन २०८२

सारांश

  • वामपन्थी एकताको आवश्यकता र वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गरिएको छ।
  • कम्युनिस्ट पार्टीहरूबीचको एकता र गठबन्धनको प्रयासलाई जोड दिइएको छ।
  • विभिन्न राजनीतिक दलहरूबीचको सम्बन्ध र आगामी निर्वाचनको सम्भावनाबारे चर्चा गरिएको छ।

अहिलेको परिवेश (राजनीति) बुझ्न सोहीअनुसार कार्यनीतिसहितको रणनीति बनाउन सक्नुपर्छ । किनभने दक्षिणपन्थी हावा बगिरहेको छ । लाकेप्रियतावादको नाममा वास्तविक समाजवादी आन्दोलन र कम्युनिस्टहरूलाई कमजोर बनाउने खेल चलेकै छन् । 

यो वेला नेपालका खास वामपन्थीहरूले आ–आफ्ना घुम्ती र पसलहरू चलाएर मात्र हुँदैन । कम्युनिस्टहरू बोर्डर (फराकिलो) एकतामा आउनुपर्छ । जनतालाई विश्वास दिने गरी शक्ति बन्न सक्नुपर्छ । त्यही सोचअनुसार हामीले नेकपा बनाउन खोजेको पनि हो । तर केपीजी (केपी शर्मा ओली) ले त्यो बन्न दिनुभएन । त्यस वेला नेकपालाई टुटाउने फुटाउने काम गर्नुभयो । 

अहिले नेकपा टुटाउने कोणबाट हेर्दा ओलीजी कहाँ पुग्नुभयो सबैलाई थाहा छ, त्यसबारे एमालेले पनि समीक्षा गर्ला । किनभने एमालेभित्र पनि विभिन्न किसिमका तरङ्ग देखापरिरहेकै छन् । 

यो बिचमा हामी आफैँ पनि सरकारमा गयौँ । सरकारमा रहँदा सुशासन, सामाजिक न्याय, समृद्धि र भ्रष्टाचारविरुद्ध तरङ्ग सिर्जना गरेको नेपाली जनताले नै भनिरहेका छन् । तर देशले त्योभन्दा ठुलो आर्थिक रूपान्तरणको एक महाअभियान नै खोजेको छ । 

राजनीतिक स्वतन्त्रतालाई बचाउँदै, आम मानिस त्यसमा पनि युवाहरूलाई रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्छ । देशभित्रै सम्भावना छ भन्ने आशा जगाउनुपर्छ । त्यो काम गर्न अहिले भएका बोर्डर वामपन्थीहरूको एकता, ध्रुवीकरण वा संयुक्त मोर्चा जुन तहको गर्न सकिन्छ, त्यो गर्दै जानुपर्छ । 

भएका मोर्चाहरूलाई नटुटाउने, बरु त्यहाँभित्र भएका कमजोरीलाई सच्चाउँदै ठुलो र फराकिलो बनाएर उपलब्धिहरूको रक्षा गर्नुपर्छ । यसो गर्दा अहिलेको प्रणालीलाई कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प छैन । यस क्रममा हामीले स्थानीय सरकारहरूबाट धेरै काम गर्न सक्छौँ, सकिन्छ । 

२०७९ को निर्वाचनपछि बाबुराम भट्टराईले राष्ट्रपति नपाएपछि अर्को दिशामा जानुभएको हो । उहाँले राष्ट्रपति भइहाल्छु कि भनेर अध्यक्ष प्रचण्डलाई गोरखामा सहयोग गर्नेदेखि पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलनमा फर्कने सोचमा हुनुहुन्थ्यो ।

पार्टी एकताको प्रक्रियाअन्तर्गत नै गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा आइसक्यो । महिन्द्र यादव पनि महाधिवेशनपछि आउने तयारीमा हुनुहुन्छ । बाबुराम भट्टराई पनि सुरुमा सकारात्मक नै हुनुहुन्थ्यो । कुराकानीका क्रममा उहाँले कम्युनिस्ट आन्दोलन मान्ने र हामीले बाहिरी रूप पक्षसँग सम्बन्धित नामलगायत विचारणीय बनाउने विषयमा एक ठाउँ पुगेका थियौँ, यद्यपि अन्तिम निष्कर्षमै भने पुगिसेका थिएनौँ । 

२०७९ को निर्वाचनपछि बाबुराम भट्टराईले राष्ट्रपति नपाएपछि अर्को दिशामा जानुभएको हो । उहाँले राष्ट्रपति भइहाल्छु कि भनेर अध्यक्ष प्रचण्डलाई गोरखामा सहयोग गर्नेदेखि पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलनमा फर्कने सोचमा हुनुहुन्थ्यो । तर जब त्यो पाइएन, तब अर्को कित्तामा पुग्नुभयो । तर उहाँसँग सङ्घर्ष गरेका अरू साथीहरू हामी एकै ठाउँमा छौँ । 

त्यस क्रममा हामीले अरू माओवादी धारहरूसँग पनि वार्ता गरेका थियौँ । त्यो सिलसिलामा हामीले समाजवादी मोर्चा बनाएर पनि पार्टी एकताको प्रयास गर्‍यौँ । मोर्चा बनाउनु भनेको पार्टीको आधार तयार गर्नु हो । मोर्चामा सघन ढङ्गले कार्यगत एकताभन्दा माथि उठ्ने, कार्यदिशा र कार्यक्रमिक विषयमा पनि छलफल गर्दै जाने, ठुलाठुला मुद्दामा एकै ठाउँ बसेर काम गर्ने भनेका थियौँ । 

दुई दलीयताको कुरा पश्चिमी योजनामा आएको विषय हो भन्नेमा हामी बुझ्न सक्छौँ । यसलाई हिजोको अवस्थाका रूपमा मात्रै पनि हेर्न हुँदैन ।

उदाहरणका लागि प्रतिगमनविरुद्ध खबरदारी सभाहरू गर्‍यौँ । तर नेपाली विशेषताको समाजवादबारे हामीले हाम्रा दस्ताबेजमा लेखे पनि छलफल पुगेन । नेतृत्व साझा हुन्छ, मेरै नेतृत्व मान भनेर पनि हुँदैन । यो कोणबाट हेर्दा हामीले कम्युनिस्ट एकताका लागि गरेको प्रयासमा जति सफल हुनुपर्ने हो, त्यति हुन सकेन । 

तर प्रक्रिया सुरु गरेर अगाडि बढ्दाको स्थिति र देशको स्थिति अर्कै ठाउँ पुगेको छ । अहिले एकथरी शक्ति दुई दलीयताको कुरा गर्दै संविधान संशोधनको कुरा लिएर आएका छन् । यो प्रयास २०७२ को संविधानमाथि ठुलो प्रहार हुन सक्छ । 

दुई दलीयताको कुरा पश्चिमी योजनामा आएको विषय हो भन्नेमा हामी बुझ्न सक्छौँ । यसलाई हिजोको अवस्थाका रूपमा मात्रै पनि हेर्न हुँदैन । यदि मिल्यो भने २०८४ को निर्वाचनमा कांग्रेस एमाले मिलेर जान्छौँ भन्ने उनीहरूका पछाडि त्यो आधार बनाउन पनि खोजिरहेका छन् भन्ने बिर्सनु हुँदैन । 

यस्तो अवस्थामा संविधान नमान्ने शक्तिहरू पनि विभिन्न ढङ्गले क्रियाशील नै छन् । त्यो पक्षलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन । हिजो संविधान सभाप्रति सहमति गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यो सहमति ब्रेक गरेर बाहिर आएको अवस्था छ । यो अवस्थामा हामी सबैले नयाँ ढङ्गले नै सोच्न सक्नुपर्छ । 

लेनिनले मार्क्सवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण भन्नुहुन्छ, यो कुरा अहिले हामीले त्यसैले अहिले हामी जुन ठाउँमा आइपुगेका छौँ, त्यो स्थितिलाई ठिक विश्लेषण गरेर जानुपर्छ । 

पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा पनि चुनौती आएको सबैले देखे बुझेकै हो । अहिलेको अवस्थामा आफ्नो डम्फु मात्रै बजाएर हुँदैन भन्ने कुरा त्यो पार्टीको नेतृत्वले पनि बुझेको छ । हामीले केही अभियानहरू चलाउँदै आशा जगाउन खोजेको भए पनि देखापरेका विभिन्न हावाहरूलाई चिरेर मूल बन्न सकेका छैनौँ । यो अवस्थामा हामी आफैले पनि स्थितिको मूल्याङ्कन र विश्लेषण गर्नुपर्छ । 

हामीले एकीकृत समाजवादीसँग पनि मोर्चा र सहकार्य हुँदै एकता नै गर्ने हो । यसमा दुईवटा विषय महत्त्वपूर्ण हुन्छन् भन्ने पनि बुझ्नुपर्छ । एउटा, वस्तुगत परिस्थिति हुन्छ र अर्को, आत्मगत परिस्थिति । 

नेत्रविक्रम चन्द ‘विप्लव’जी नेतृत्वको नेकपाले पनि आफ्नो पहिचान गराउन सकेको छ, तर नेपालको कम्युनिस्ट आन्दोलन, समाजवादको यात्रा र देशले ठोस कुरा पाउने खालको स्थितिमा नपुग्दासम्म त्यसको खास अर्थ हुँदैन । 

मर्ने वेलामा एउटा रातो झण्डा ओढाउने त छँदैछ, तर देशले खोजेको अर्कै कुरा भएकाले हामी एउटा महत्त्वपूर्ण मोडमा छौँ भन्ने बुझ्नुपर्छ । यो बुझेपछि सबैले आफूलाई नयाँ शिराबाट पुनर्गठन र सहकार्य गर्न सक्ने सम्भावनाका ढोकाहरू अघि बढ्न सक्नु नै बुद्धिमत्ता हुन्छ । 

हामीले एकीकृत समाजवादीसँग पनि मोर्चा र सहकार्य हुँदै एकता नै गर्ने हो । यसमा दुईवटा विषय महत्त्वपूर्ण हुन्छन् भन्ने पनि बुझ्नुपर्छ । एउटा, वस्तुगत परिस्थिति हुन्छ र अर्को, आत्मगत परिस्थिति । 

वस्तुगत परिस्थिति अहिले अनुकूल नै भएर गएको छ । आत्मगत कोणबाट हेर्दा एमालेबाट फुटेर अर्को पार्टी बनाए पनि औचित्य पुष्टि नगरेसम्म त्यो पार्टीको छुट्टै ढङ्गले विकास हुन सक्दैन । अस्तित्वसम्म रहन सक्ला, तर विकास सम्भव देखिँदैन । फेरि अहिले त्यहाँको नेतृत्वमाथि चौतर्फी आक्रमण पनि भई नै रहेको छ । त्यसकारण आत्मगत कोणबाट पनि हामी दुवै पार्टीका नेता कार्यकर्ता बसेर संवादको शृङ्खला सुरु गरिरहेकाले सकारात्मक नै छ भनेर मान्नुपर्छ । 

यस्तो अवस्थामा सम्भावनालाई ठिक ढङ्गले पक्रिएर लैजाने काम नेतृत्वको हुन्छ । यसो गर्दै अघि बढ्दा हामी सघन ढङ्गले अघि बढ्छौँ, त्यसपछि सैद्धान्तिक वैचारिक पाटोको मन्थन पनि हुन्छ । 

अहिले एक ठाउँ पुगिनसकेको अवस्थामा सैद्धान्तिक वैचारिक एकरूपता सघन संवादबाटै हुन सक्छ । यसमा कार्यदिशाको कुरा हुन्छ । नेपाली विशेषताको समाजवादका सवालमा छलफल गर्दै एक ठाउँमा पुग्नुपर्छ भन्ने लगभग समान बुझाइ छ । 

पथप्रदर्शकजस्ता विषयहरूमा हाम्रो छलफल नै प्रवेश गरेको छैन । पार्टी निर्माणको मोडलको सन्दर्भमा पनि छलफलहरू बाँकी नै छन् । यसको अर्थ जनआधारित पार्टी निर्माणमा समानता भए पनि क्याडरबेस्ड पार्टी कि मासबेस्ड क्याडरबेस्ड पार्टी ? भन्ने महत्त्वपूर्ण विषय छ । जसमाथि हामीले छलफल गर्नुपर्ने हुन्छ । यो स्प्रिटअनुसार नै दुई पार्टीका शीर्ष नेताले सघन ढङ्गले संवाद र छलफल गरिरहनु नै भएको छ । २०७९ को चुनावअघि नै पार्टी एकता गर्छौँ भनेर हिँडेका यी पार्टी हुन् । साझा डकुमेन्ट बनाएर पनि अलपत्र पारेर अरूतिर हिँडेका पार्टी हुन् यी । 

(नेकपा माओवादी केन्द्रका उपमहासचिव पोखरेलसँग फणीन्द्र नेपालले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराजमणि पोखरेल
गिरिराजमणि पोखरेल
लेखकबाट थप