शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पले लगाएको ट्यारिफबारे मोदीको प्रतिक्रिया : मैले भारी मूल्य चुकाउनुपर्नेछ तर म तयार छु

बिहीबार, २२ साउन २०८२, ११ : १४
बिहीबार, २२ साउन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले भारतबाट आउने सामानमाथि भन्सार बढाउने घोषणा गरे।
  • प्रधानमन्त्री मोदीले भारतीय किसानको हितका लागि जतिसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए।
  • मोदीले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा सम्झौता नगर्ने कुरामा जोड दिए।

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भारतबाट आउने सामानमाथि भन्सारमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) बढाउने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रतिक्रिया आएको छ । एमएस स्वामिनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा मोदीले घुमाउरो तरिकाले ट्रम्पलाई जवाफ दिएका हुन् ।

उनले आफ्नो लागि भारतीय किसानहरूको हित सर्वोच्च प्राथमिकता भएको र यसको लागि जति नै मूल्य चुकाउन परे पनि तयार रहेको बताएका छन् । 

‘भारतले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई व्यक्तिगत रूपमा थाहा छ, मैले यसको लागि ठुलो मूल्य चुकाउनुपर्नेछ, तर म यसको लागि तयार छु । आज, भारतका किसान, माझी र दुग्ध उत्पादकहरूको लागि तयार छ’ कार्यक्रममा मोदीले भनेका छन् ।

उनको यो अभिव्यक्तिलाई ट्रम्पको ट्यारिफसँग जोडेर हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप