शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारतलाई ट्रम्पको एकपछि अर्को धम्की

बिहीबार, २२ साउन २०८२, ११ : ४३
बिहीबार, २२ साउन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले भारतबाट आयात हुने सामानमाथि २५ प्रतिशत महसुल लगाएका छन्।
  • ट्रम्पले रुसबाट तेल खरिद जारी राखेको भन्दै भारतलाई थप महसुल बढाउने चेतावनी दिएका छन्।
  • ट्रम्पले चीनमाथि पनि यस्तै कर लगाउन सकिने संकेत गरेका छन्।

वासिङ्टन डिसी । यतिबेला ट्यारिफलाई लिएर भारत र अमेरिकाबिच तनाव चरमस्तरमा उक्लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आफ्नो देशमा आउने सामानमाथि भन्सारमा अरू २५ प्रतिशत महसुल लगाएका छन् ।

रुसबाट तेल खरिद गर्न जारी राखेको जरिवानाबापत यो महसुल तिराइएको हो । यसैबिच, ट्रम्पले अर्को बयान दिएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुसबाट तेल खरिद गर्न जारी राखेकोमा भारतमाथि महसुल बढाउने चेतावनी दिएका छन् । 

पत्रकारहरूले ट्रम्पलाई चीन जस्ता अन्य देशहरूले पनि रुसी तेल किनिरहेका छन् भनेर भारतीय अधिकारीहरूले भनिरहेका छन्, तपाईँले भारतलाई किन दोष दिइरहनुभएको छ ? भनेर सोधेका थिए । यसको जवाफमा ट्रम्पले ‘अहिलेसम्म त मात्रै आठ घण्टा भएको छ, तपाईंले अरू धेरै कुराहरू हेर्न पाउनुहुनेछ । कयौँ अरू प्रतिबन्धहरू देख्न पाउनुहुनेछ’ भन्ने जवाफ दिएका थिए । 

भारतमाथि लगाइएको जस्तै अतिरिक्त कर जस्तै चीनमाथि पनि लगाउने कुनै योजना छ ? भनेर पनि उनलाई सोधिएको थियो । यसको जवाफमा ट्रम्पले ‘यो हुन सक्छ’ भनेका थिए । ‘यो यस कुरामा निर्भर गर्छ कि हामी यसलाई कसरी गर्छौ । मलाई थाहा छैन, अहिले नै तपाईंलाई भन्न सक्दिन । तर हामीले साथसँग यस्तो गरेको छौं । हामीले सम्भवतः केही अरू देशमाथि पनि यस्तै गर्न सक्छौं, जसमा एउटा चाहिँ चीन हुन सक्छ,’ उनले भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप