प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव मिस्री नेपाल आउँदै
सारांश
- भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउँदैछन्।
- सचिव मिस्रीले प्रधानमन्त्री ओली र अन्य उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
- प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति घोषणा हुन बाँकी रहेको र सोही प्रयोजनका लागि यो भ्रमण तय भएको हो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्री भदौ १ गते नेपाल आउने भएका हुन् ।
सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका लागि सचिव मिस्री आउन लागेको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेका तर कहिले आउने त्यसको बारेमा पछि जानकारी गराइने बताए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । त्यसको मिति घोषणा गर्न मात्र बाँकी छ । सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको प्रवक्ता क्षेत्रीले बताए ।
सचिव मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सचिवमा नियुक्त भएपछि ठिक एक वर्षअघि मिस्री नेपाल भ्रमणमा आएका थिए । सचिव मिस्रीले सो भ्रमणलाई परिचयात्मक भ्रमण भनेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री अोलीलाई भारत भ्रमणको निम्तो दिन आएको भनिएको थियो तर उनी भेटघाट गरी स्वदेश फर्केका थिए ।
बरु प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोको सन्देश सचिव मिस्रीमार्फत पठाएका थिए ।
यसपटक ओलीलाई भारत भ्रमण गराउने गरी प्रधानमन्त्री मोदीको सन्देश लिएर मिस्री नेपाल आउन लागेका हुन् । मिस्री गत वर्ष जुलाई १५ मा सचिवमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण