राजनीति
रास्वपाले रुपन्देही-३ उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको सूची सवा १२ बजे सार्वजनिक गर्ने
बिहीबार, २२ साउन २०८२, १२ : ०२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ उपनिर्वाचनका लागि उम्मेदवारको आवेदन सार्वजनिक गर्ने भएको छ।
- पार्टी प्रवक्ता मनिष झाले फेसबुक पेजमार्फत आवेदन दिनेहरूको सूची सार्वजनिक गर्ने जानकारी दिए।
- रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म आवेदनको समय तोकेको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार हुन इच्छुक व्यक्तिहरूले आवेदन अहिले दिउँसो १२ बजेर १५ मिनेटमा सार्वजनिक गर्ने भएको छ ।
पार्टीको आधिकारिक फेसबुक पेजमार्फत आवेदन दिने व्यक्तिहरूको सूची सार्वजनिक गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समय सीमा तोकेको थियो ।
आवेदकहरूको सूची अहिले १२ बजेर १५ मिनेटमा पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत सार्वजनिक हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण