शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिस प्लस टू इन्टरनेसनल’मा एकसाथ तीन विजेता घोषित

बिहीबार, २२ साउन २०८२, १२ : ३७
बिहीबार, २२ साउन २०८२

सारांश

  • काठमाडौंमा आयोजित मिस प्लस टु इन्टरनेशनल प्रतियोगितामा तीन विजेता छानिएका छन्।
  • कर्मा लामाले मिस प्लस टु नेपाल वर्ल्ड, आकृति पोखरेलले मिस प्लस टु नेपाल ग्लोबल र मुस्कान कुँवरले मिस प्लस टु नेपाल हेरिटेजको उपाधि जिते।
  • प्रतियोगिता कक्षा १२ मा अध्ययनरत विद्यार्थीको प्रतिभा र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

काठमाडौँ । ‘मिस प्लस टु इन्टरनेशनल’मा तीन विजेता छानिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रतियोगामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’, ‘मिस प्लस टु नेपाल ग्लोबल’ र ‘मिस प्लस टु नेपाल हेरिटेज’ गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

राष्ट्रिय नाचघरमा भव्य समारोह बिच बुधबार साँझ सम्पन्न प्रतियोगितामा  ‘मिस प्लस टु नेपाल वर्ल्ड’को ताज कर्मा लामाले जित्दा ‘मिस प्लस टु नेपाल ग्लोबल’ आकृति पोखरेल घोषित भइन् । प्रतियोगितामा मुस्कान कुँवरले भने ‘मिस प्लस टु नेपाल हेरिटेज’को उपाधि जित्न सफल रहिन् ।

सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र प्रतिभाको आधारमा विजेता छानिएको प्रतियोगितामा हेरिटेज विजेता मुस्कान कुँवरले ‘पब्लिक चोइस’को उपाधि समेत हान पार्न सफल भइन् ।

प्रतियोगितामा सबटाइटल तर्फ मुस्कान कुँवर ‘मिस ट्यालेन्ट’, कर्मा लामा ‘मिस स्टाइलिस’ र ‘बेस्ट वाक’, आकृति पोखरेल ‘मिस फोटोजेनिक’, प्रियंका चौधरी ‘मिस कन्जिनियलिटी’, अनुपमा नेपाल ‘मिस पर्सनालिटी’, काजल मेहता ‘मिस कन्फिडेन्ट’, रेशु कुमारी मगर ‘मिस इन्टेलेक्चुअल’, रेनुका मास्के ‘मिस डिसिप्लिन’, निकिता शाह ‘बेस्ट ट्रान्सफर्मेसन’, पुष्पाञ्जली शर्मा ‘मिस डिटरमिनेसन’, कृति शाह ‘मिस चार्मिङ’ र मनकामना रौनियार ‘मिस डिसेन्ट’, आश्मा धामी ‘म्यानेजमेन्ट चोइस’ र कृतिका कर्माचार्यले ‘इभनिङ गाउन’ उपाधि हात परे ।

सङ्गीता रौनियार, प्रिया मानन्धर, बीएवा बस्नेत, राम केसी, विशाल गुरुङ, अनिला श्रेष्ठ, मनिषा डंगोल लगायतका निर्णायक रहेको प्रतियोगितामा युभा इभेन्ट्सले आयोजना गरेको थियो । त्रिदेवी श्रेष्ठले कार्यक्रम व्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुको प्रतिभा निखार्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको भोटिङ पार्टनरको रूपमा ‘जीनोपे’ जोडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप