एएफसी एसियन कप २०२६ छनोट : नेपाल समूह जीमा
बिहीबार, २२ साउन २०८२, १५ : ०६
काठमाडौँ । एएफसी एसियन कप २०२६ को ड्र बिहीबार सार्वजनिक भएको छ । ड्र अनुसार नेपाल समूह जीमा परेको हो । यो समूहका अन्य टोलीमा ओमान, अफगानिस्तान, म्यानमार र सिरिया रहेका छन् । छनोट खेलहरू म्यानमारमा खेलिनेछन् ।
छनोटमा ३८ देशलाई सात वटा समूहहरूमा विभाजन गरिएको छ । तीन समूहमा छ टोली र चार समूहमा पाँच वटा टोली रहेका छन् । समूहका विजेता फाइनल्सका लागि छनोट हुनेछन् ।
प्रतियोगिता सन् २०२६ को अगस्ट ९ देखि २३ सम्म साउदी अरबमा आयोजना हुँदै छ । प्रतियोगिताका लागि आयोजक राष्ट्रसँगै कतार, उज्बेकिस्तान, उत्तर कोरिया, दक्षिण कोरिया, जापान, ताजकिस्तान, इन्डोनेसिया र युएई छनोट भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण