अशोक अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा निर्णायक बस्ने
सारांश
- नेपालका तेक्वान्दो निर्णायक अशोक खड्का अस्ट्रेलियामा हुने चार विश्व वरीयता प्राप्त प्रतियोगितामा निर्णायक बन्दै छन्।
- उनले अस्ट्रेलियामा हुने विभिन्न प्रतियोगिताहरूमा पुम्से र ग्यारोगी दुवै विधामा खेल सञ्चालन गर्नेछन्।
- खड्का मलेसियामा हुने प्रतियोगितामा निर्णायक भएर अस्ट्रेलिया प्रस्थान गर्नेछन्।
काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
उनले अस्ट्रेलियामा हुने विश्व वरीयता जी–३ डब्लुटी प्रेसिटेन्ड कप ओसिएना, डब्लुटी प्रेसिटेन्ड कपमा जी–३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चार वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् ।
उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्ने छन् । यी चार वटा प्रतियोगिता अगस्ट १४ देखि १७ सम्ममा अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रङ्गशालामा हुँदैछन् । यी प्रतियोगितामा अशोक यसअघि पनि निर्णायक रहिसकेका छन् ।
अस्ट्रेलियामा तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्नुअघि उनले मलेसियामा हुने अर्को प्रतियोगितामा निर्णायक भएर काम गर्नेछन् । अगस्ट ९ र १० मा मलेसियाको क्वालालम्पुरमा हुने मलेसियन ओपन तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा हुनेछन् ।
त्यसका लागि अशोक शुक्रबार मलेसिया जाँदैछन् । उनी मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण