अपडेट
सम्पर्क कार्यालय खोल्न विद्यादेवी भण्डारीले लिइन् चारतले घर
बिहीबार, २२ साउन २०८२, १६ : २८
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्न घर भाडामा लिइन्।
- भण्डारीले थापागाउँमा चार तले भवन भाडामा लिएकी हुन्, जुन पहिले मदन भण्डारीको सम्पर्क कार्यालय थियो।
- भण्डारीले एमालेको सदस्यता नवीकरण नभए पनि आफ्नो गतिविधि जारी राखेकी छन्।
काठमाडौँ । सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घर भाडामा लिएकी छिन् । भण्डारीले नयाँ बानेश्वर नजिक थापागाउँमा रहेको चारतले भवन भाडामा लिएकी हुन् ।
२०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेको उनीनिकट एक नेताले बताए। उक्त घर पूर्वउपमेयर विदुर मैनालीको भएको बताइएको छ ।
विद्या भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने मदन भण्डारी हिरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि उक्त भवन भाडामा लिएको दाबी गरे ।
एमाले अध्यक्ष केपी ओलीको अनिच्छाकाबिच भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । सो घोषणापछि एमालेले उनको सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर पार्टीमा रोक्ने प्रयास थियो । तर पनि विद्याले आफ्नो गतिविधि नछाडेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण