भदौभित्रै ठुला आयोजनाको टेन्डर गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
सारांश
- कर्णाली प्रदेश सरकारले विकास खर्च बढाउन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री कँडेलले निर्देशन दिए।
- मुख्यमन्त्रीले ठुला आयोजनाहरूको बोलपत्र भदौ मसान्तभित्र आह्वान गर्न र बजेट अवण्डामा राख्न नपाउने व्यवस्था गर्न निर्देशन दिए।
- यस निर्देशनको मुख्य उद्देश्य आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनमा गति दिनु रहेको छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारको विकास खर्च बढाउन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री यामलाल कँडेलले सक्रियता देखाएका छन् । उनले प्रदेशका सबै मन्त्रालय तथा कार्यालयहरूलाई लिखित निर्देशन जारी गर्दै ठुला आयोजनाहरूको बोलपत्र (टेन्डर) भदौ मसान्तभित्र आह्वान गरिसक्न निर्देशन दिएका हुन् ।
यसको उद्देश्य आर्थिक वर्षको अन्त्यमा आएर हतारमा काम गर्ने र बजेट सक्ने प्रवृत्तिलाई रोक्नु रहेको कँडेलको भनाइ छ । कँडेलले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई १ करोड रुपैयाँभन्दा माथिका र अन्य मन्त्रालयहरूलाई ५० लाख रुपैयाँभन्दा माथिका आयोजनाहरूको बोलपत्र सूचना भदौ मसान्तभित्र अनिवार्य रूपमा आह्वान गर्न निर्देशन दिएका छन् । यो निर्देशनले प्रदेश सरकारका ठुला विकास आयोजनाहरू आर्थिक वर्षको सुरुबाटै कार्यान्वयनमा जाने सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ ।
त्यसै गरी, समपूरक र विशेष अनुदानबाट सञ्चालित हुने आयोजनाहरूको बोलपत्र भने साउन मसान्तभित्रै आह्वान गर्न भनिएको छ । ‘चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने बहुवर्षीय र स्रोत सुनिश्चितता गर्नुपर्ने आयोजनाहरूको विवरण पनि यही महिनाभित्र प्रदेश योजना आयोगमा पठाउनुहोस्,’कँडेलको लिखित निर्देशनमा भनिएको छ ।
यस्तै योजना आयोगलाई योजना छनोट तथा आयोजना बैंकसम्बन्धी कार्यविधि परिमार्जनका लागि यही महिनाभित्रै मस्यौदा तयार कँडेलले निर्देशन दिएका छन् । समपूरक, विशेष र सशर्त अनुदानसम्बन्धी कानुनी व्यवस्था परिमार्जनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले साउन मसान्तभित्र मस्यौदा तर्जुमा गर्नुपर्ने, कुनै पनि मन्त्रालयले बजेट अवण्डामा राख्न नपाउने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्न उनको निर्देशन छ।
निर्देशन पत्रमा भनिएको छ, ‘यदि अवण्डामा रकम भए भदौ मसान्तभित्रै आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजानुहोला ।’
स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधिहरू पनि भदौ मसान्तभित्र तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
‘यी निर्देशनहरूको मुख्य उद्देश्य आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनमा गति दिनु, विकास निर्माणका कामलाई समयमै सम्पन्न गराउनु र विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नु हो,’ कँडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण