'फुटबल फर स्कुल्स'को सफल आयोजना गरेको भन्दै फिफाले गर्यो एन्फाको प्रशंसा
सारांश
- फिफाले नेपालमा सम्पन्न ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको सफल आयोजनाको लागि एन्फालाई धन्यवाद दिएको छ।
- फिफाका अनुसार काठमाडौंमा सम्पन्न कार्यक्रम एन्फाको सहकार्य बिना सम्भव थिएन र यो अविस्मरणीय रह्यो।
- फिफाले यस कार्यक्रमलाई नेपालमा सामाजिक परिवर्तनको संवाहक बनाउने विश्वास व्यक्त गरेको छ।
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमा हालै सम्पन्न 'फुटबल फर स्कुल्स' कार्यक्रमको सफल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
फिफाका प्रमुख सदस्य संघ अधिकृत एल्खान माम्मादोभले एन्फा अध्यक्ष पंकज नेम्वाङलाई एक पत्र पठाउँदै काठमाडौँमा सम्पन्न कार्यक्रम शानदार भएको र एन्फासँगको घनिष्ठ सहकार्यविना सम्भव नभएको उल्लेख गरेका छन् ।
'हाम्रो टोली काठमाडौंबाट बालबालिका र प्रशिक्षकहरूसँग बिताएका सुन्दर क्षणहरूको अविस्मरणीय यादहरू बोकेर फर्किएको छ,' पत्रमा भनिएको छ । फिफाले फुटबलको माध्यमबाट बालबालिका तथा युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अद्वितीय अनुभव सिर्जना भएकोमा खुशी व्यक्त गरेको छ ।
पत्रमा भविष्यमा पनि एन्फाको निरन्तर सहयोगको अपेक्षा गर्दै यस कार्यक्रमलाई नेपालमा सामाजिक परिवर्तनको संवाहक बनाउन सकिने विश्वास व्यक्त गरिएको छ । फिफाले एन्फाको सहयोगमा यस परियोजनालाई सबैले अनुकरण गर्न सक्ने एक 'मानक'का रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताएको छ ।
साथै फिफाले फुटबललाई परिवर्तनको एक महत्त्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्न प्रतिबद्धता देखाएकोमा एन्फा र नेपाल सरकारप्रति विशेष आभार व्यक्त गरेको छ । कार्यक्रममा उपस्थित भई हौसला प्रदान गरेको मा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरिदिन पनि फिफाले एन्फालाई अनुरोध गरेको छ ।
फिफाले 'फुटबल फर स्कुल्स' यात्राको सुरुवात मात्र भएको र फुटबलले बोक्ने सकारात्मक मूल्य मान्यताहरूमा आफू विश्वस्त रहेको पनि पत्रमा लेखेको छ । पत्रको अन्त्यमा एन्फाका सम्पूर्ण सदस्यहरूमा न्यानो अभिवादन पठाउँदै निकट भविष्यमा फेरि भेट हुने आशा व्यक्त गरिएको छ ।
प्रधानमन्त्री ओलीले एक साताअघि दशरथ रंगशालामा आयोजित फिफाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको उद्घाटन गरेका थिए । उनले यो कार्यक्रममार्फत हजारभन्दा बढी विद्यालयमा बल पुग्ने र अभ्यास सहज हुने उल्लेख गर्दै यसले भावी खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण