'बौद्धिकतामा लगानी : नेपालको दिगो आर्थिक विकासका लागि शिक्षा' विषयमा कार्यपत्रसहित गोष्ठी गर्दै एमआइटी
सारांश
- काठमाडौंमा 'नेपालको दिगो आर्थिक विकासका लागि शिक्षा' विषयक एक दिने अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठी हुँदैछ।
- गोष्ठीमा शिक्षामा लगानीमार्फत नेपालको दिगो आर्थिक विकासमा योगदान पुर्याउने रणनीतिबारे छलफल हुनेछ।
- कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल लगायत विभिन्न व्यक्तित्वको सहभागिता रहनेछ।
काठमाडाैँ । बौद्धिकतामा लगानी : नेपालको दिगो आर्थिक विकासका लागि शिक्षा भन्ने मूल विषयका साथ आज राजधानीमा एक दिने अन्तर्राष्ट्रिय शैक्षिक गोष्ठी हुने भएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनिया तथा काठमाडौँ मोडल कलेज सहआयोजना रहेको यो कार्यक्रम बागबजारस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) मा हुनेछ । यस कार्यक्रमको उद्देश्य शिक्षामा लगानीमार्फत नेपालको दिगो आर्थिक विकासमा योगदान पुर्याउने रणनीतिहरूमा बहस र विमर्श हुने आयोजकले जनाएका छन् ।
प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियाको ग्राजुएट स्कुल अफ एजुकेशनका डा अमृत थापा, इकोनोमिक डेभलपमेन्टका लागि इनोभेसन एकेडेमीकी प्रमुख कार्यकारी अधिकृत दुर्गा थापा लगायतका व्यक्तित्वको सहभागिता रहनेछ । विशेष अतिथिमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा प्रकाश कुमार श्रेष्ठ, सीईडीएका निर्देशक प्राडा अर्जुन कुमार बराल, डा नवराज खतिवडा, प्राडा रिद्दिस पोखरेल, पूर्व बैंकर्स भुवन दाहाल, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका डा प्रकाश शर्मालगायत सहभागी हुनेछन् ।
प्राविधिक सत्रमा विभिन्न अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । देवी राम आचार्यले Examining Investment in Education in Nepal by Levels of Education’ शीर्षकमा विद्यालयदेखि उच्च शिक्षासम्मको लगानी संरचनाबारे, डा शैलेन्द्र झाले ‘From Margins to Momentum: How Education Uplifts Lives and Economies in Nepal’ शीर्षकमा शिक्षा र जीवनस्तरबीचको सम्बन्धबारे प्रस्तुत गर्नेछन् । दुर्गा थापाले चौंथो कार्यपत्र प्रस्तुत गर्ने छिन् ।
प्यानल छलफल सत्रमा प्राडा रिद्दिस पोखरेल, भुवन दाहाललगायतका प्यानलिस्टहरूले शिक्षा, सीप विकास र रोजगारीबिचको सम्बन्ध, शिक्षा प्रणालीको गुणस्तर र आर्थिक विकासमा यसको प्रभावबारे बहस गर्ने कार्यक्रम छ । सहभागीहरूका प्रश्नउत्तर र अनुभव आदानप्रदानले छलफललाई अझ सजीव बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, सञ्चार माध्यम, शिक्षक, विद्यार्थी र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण