ब्रामा लुकाएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ
शुक्रबार, २३ साउन २०८२, ११ : ४०
सारांश
- त्रिभुवन विमानस्थलबाट कोकिन तस्करीको प्रयासमा एक ब्राजिलियन महिला पक्राउ परेकी छिन्।
- प्रहरीले ब्राजिलबाट आएकी २१ वर्षीया एमिल्ली मिकायले सान्तोष फेरेइराको ब्राभित्र लुकाएर राखेको अवस्थामा १ किलो ९५० ग्राम कोकिन बरामद गरेको थियो।
- पक्राउ परेकी महिलामाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिन तस्करीको प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष प्रहरी टोलीले हवाई मार्गबाट नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्तिहरूको निगरानी गर्ने क्रममा ब्राजिलियन महिला एमिल्ली मिकायले सान्तोष फेरेइरालाई पक्राउ गरेको हो ।
गत साउन २१ गते ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी र नेपालबाट भुटान जान लागेकी २१ वर्षीया फेरेइराले लगाएको कालो रङ्गको ब्राभित्र लुकाएर राखेको अवस्थामा तरल कोकिन बरामद गरिएको थियो। उनको साथबाट १ किलो ९५० ग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ।
फेरेइरामाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण