सप्तरीबाट ४ सय किलो गाँजा बरामद
शुक्रबार, २३ साउन २०८२, ११ : ४२
सारांश
- सप्तरीको महादेवाबाट प्रहरीले करिब ४ सय किलो गाँजा बरामद गरेको छ।
- सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिकाबाट गाँजा बरामद गरेको हो।
- बेवारिसे अवस्थामा झाडीमा लुकाएर राखेको १७ वटा पोकाबाट ३ सय ९७ केजी गाँजा बरामद गरिएको छ।
काठमाडौँ । प्रहरीले सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट गाँजा बरामद गरेको हो ।
बेवारिसे अवस्थामा झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
१७ वटा पोकामा लुकाएर राखेको अवस्थामा सुरक्षाकर्मीले ३ सय ९७ केजी गाँजा बरामद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण