बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दराजद्वारा डिल्स हेरेको हेर्‍यै अभियानको घोषणा

शुक्रबार, २३ साउन २०८२, १३ : २०
शुक्रबार, २३ साउन २०८२

सारांश

  • दराज नेपालले 'डिल्स हेरेको हेर्‍यै' सेल साउन २३ देखि २९ गतेसम्म सञ्चालन गर्ने घोषणा गरेको छ, जहाँ ६०% सम्म छुट उपलब्ध हुनेछ।
  • ग्राहकहरूले फ्ल्यास सेलमा विभिन्न ब्रान्डका उत्पादनहरूमा आकर्षक छुट र निःशुल्क होम डेलिभरीको सुविधा पाउनेछन्, र बेस्ट प्राइस ग्यारेन्टी योजना पनि समावेश छ।
  • यो सेल स्वास्थ्य, फेसन, र घर सजावटका सामानहरूमा केन्द्रित हुनेछ, जसले ग्राहकहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्नेछ।

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्‍यैको घोषणा गरेको छ । साउन २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँ बराबरको भौचर लगायत अफरहरूका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नेछन् । 

डिल्स हेरेको हेर्‍यै अभियानको एक प्रमुख आकर्षणका रूपमा रहने फ्ल्यास सेलमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन लगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू अत्यन्तै न्यून मूल्यमा उपलब्ध हुनेछन् । यसरी उपलब्ध गरिएका अफरहरू दैनिकरुपमा नवीकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्यास सेल सेक्सनमा नियमित अवलोकन गर्न दराजले अनुरोध गरेको छ । डिल्स हेरेको हेर्‍यै,  भन्ने नाराका साथ यस पटकको सेलले नेपाली उपभोक्तालाई नयाँ उमङ्ग र अप्रत्याशित अफरको स्वाद दिलाउनेमा कम्पनी विश्वस्त रहेको छ ।

दराजले ग्राहकहरूको भरोसा जित्ने उद्देश्यका साथ बेस्ट प्राइस ग्यारेन्टि (बीजीपी) कार्यक्रम पनि यस अभियानमा समावेश गरेको छ । यस योजना अन्तर्गत, यदि ग्राहकले कुनै उत्पादन नेपालभित्रका अन्य अनलाइन प्लेटफर्महरूमा यसमा प्रस्तुत गरिएको मूल्यका तुलनामा अझ सस्तो मूल्यमा पाउँछन् र लागु गरिएका सर्तहरू पूरा भएमा उत्पादनको मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । 

८.८ सेलको अर्को प्रमुख सुविधाका रूपमा छानिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी सुविधा पनि रहेको छ । ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नु हुनेछ । यसका लागि भौचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी सम्बन्धित पेजमा गएर सङ्कलन गर्न सकिनेछ ।

स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावट लगायतका उत्पादनहरूमा उपलब्ध अफरहरूले यो सेललाई विविधता र मूल्य–दुबैका हिसाबले अतुलनीय बनाएको छ । ग्राहकहरूले यस अवसरमा आफ्नो रोजाइका सामानहरूमा मात्र नभई अत्यावश्यक सामग्रीहरूमा पनि उल्लेखनीय बचत गर्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

दराजको ८.८ डिल्स हेरेको हेर्‍यै, अभियान केवल अफर र छुटमा सीमित छैन । यो उत्कृष्ट सेवा, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीका माध्यमबाट सम्पूर्ण किनमेल अनुभवलाई अझ समृद्ध बनाउने प्रयत्न हो । नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धताले यो सेललाई विशेष बनाएको कम्पनीको भनाइ  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप