एनसेललाई किस्ताबन्दी सुविधा दिनु गलत : राजेन्द्र लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष लिङ्देनले एनसेललाई किस्ताबन्दी सुविधा दिएकोमा असहमति जनाएका छन्।
- उनले एनसेललाई किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको आरोप लगाएका छन्।
- लिङ्देनले कर्मचारीतन्त्रमा बिचौलियाको कब्जा रहेको र भ्रष्टाचार बढेको बताए।
काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नविकरण शुल्क बापत तिर्नुपर्ने रकम किस्ताकिस्तामा बुझाउन सक्ने सुविधा दिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले असहमति जनाएका छन् ।
शुक्रबार सार्वजनिक लेखा समितिमा बेरुजुका बारेमा भएको छलफलमा एनसेल राज्यको नियन्त्रणमा आउन लागेका बेला किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको उनले आरोप लगाए । उनका अनुसार यस्तै लूटका कारण मुलुकमा भ्रष्टाचार चुलिँदै गएको छ भने बेरुजु पनि बढेर गएको छ ।
लिङ्देनले कर्मचारी तन्त्रलाई बिचौलियाहरूले कब्जामा लिने र सोही अनुसार सचिव मन्त्रीहरूले काम गर्ने, न्यायालयले समेत सोहीअनुसारका आदेशहरू दिँदै जाँदा आम जनतामा निराशा चरम रूपमा बढेर गएको छ ।
अध्यक्ष लिङ्देनले भने,‘एनसेलले सारा सम्पत्ति जिम्मा लगाएर जाने बेला भइसक्यो । हामी किस्ताबन्दी सुविधा दिइरहेका छौँ । कसको प्रभाव दियौँ, किन दियौँ, त्यही हो बेरुजु । बेरुजु त्यसै बढेको छैन, बिचौलिया व्यापारी, नेता, न्यायालयसम्मकै हात छ ।’
कर्मचारीको नेतृत्वले देशलाई केन्द्रलाई राखेर काम गर्छु भनेर काम गर्ने हो भने बेरुजु, भ्रष्टाचार कम हुनसक्ने अध्यक्ष लिङ्देनले बताए ।
बेरुजु नहुने वातावरण सिर्जना गर्ने गरी योजना बनाउन जरुरी रहेको उनको भनाई छ । पछिल्लो समय ठुलो अङ्कमा योजना राख्ने, निश्चित कम्पनीलाई प्रतिस्पर्धा बेगर जिम्मा दिने प्रवृत्ति देशमा मौलाएको भन्दै लिङ्देनले त्यो प्रवृत्तिले देशलाई हित नगर्ने समेत प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण