राजसंस्था र हिन्दु राष्ट्रलाई विदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रलाई एम्बुसमा पारिएको बताए।
- उनले विदेशी शक्तिको प्रभावमा संघीयता लादिएको र यसले मुलुकको हित नगर्ने दाबी गरे।
- थापाले राप्रपा नेपाललाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा जोड दिए।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रूपमा रहेको राजसंस्था र हिन्दु राष्ट्रलाई विदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् ।
शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै उनले नेपाली जनताको अभिमत बिना विदेशी शक्तिको प्रभाव र प्रायोजनमा जबरजस्ती लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने दाबी गरे ।
सङ्घीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै सङ्घीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे । २०६२/०६३ को परिवर्तनको समयमा आफूले धेरै नजिकबाट विदेशी दबाब र प्रभावलाई देखेको भोगेको थापाको दाबी थियो ।
मुलुकमा अहिले राजनीतिको नाममा सिद्धान्तच्युत , भ्रष्ट , नौटङ्गी, ठगहरू हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधीन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको विचारधाराबाट मुलुकलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो ।
मुलुकलाई बचाउन र बनाउन अब सम्वर्द्धनवादको मार्ग बाहेक अरू विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबल सहित क्रियाशील भएको उनको धारणा थियो ।
डा. बालकृष्ण दाहाल, डा.सुदर्शन सुबेदी, अर्थविद् प्रकाश थापा, कृषि विज्ञ अश्विन आचार्य, विष्णु तिवारी लगायत विभिन्न महत्त्वपूर्ण व्यक्तिहरूलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण