पशुपति र कालीबाबाको दर्शन गरेर फर्के भारतीय मन्त्री सोनोवाल
शुक्रबार, २३ साउन २०८२, १६ : १४
सारांश
- भारतीय बन्दरगाह मन्त्री सर्वानन्द सोनोवालले पशुपति मन्दिरमा विशेष पूजा र वृक्षारोपण गरे।
- उनले कालीबाबाको दर्शन गर्नुका साथै भारत र नेपालबीचको धार्मिक सम्बन्धको महत्त्वबारे बोले।
- भ्रमणको क्रममा कुनै औपचारिक भेटघाट नभएको बताइएको छ।
काठमाडौँ । भारत सरकारका बन्दरगाह, जहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल आज एकदिने नेपाल भ्रमण गरेर स्वदेश फर्केका छन् । आज नेपाल आएका उनले सिधै पशुपति मन्दिर गएर विशेष पूजा गर्नुका साथै मन्दिर परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
उनले कालीबाबाको दर्शन समेत गरेका छन् । सो अवसरमा नेपालस्थित भारतीय दूतावासका राजदूत नवीन श्रीवास्तव र पशुपति विकास कोषका अधिकारी समेत उपस्थित थिए ।

पशुपतिनाथ मन्दिर परिसरमा उनले भारत–नेपालबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको महत्त्व उल्लेख गर्दै पशुपति क्षेत्रको संरक्षण र प्रवर्द्धनमा दुवै देशको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको बताइएको छ ।
धार्मिक भ्रमण भएको कारण उनले कसैसँग कुनै औपचारिक भेटघाट नराखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण